सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सर्वोच्चको गेटमा बारको धर्ना

सर्वोच्चको गेटमा बारको धर्ना

काठमाडौं २३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसद् सचिवालयका महासचिवले दिएको महाअभियोग निष्क्रिय भएको पत्रविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

सचिवालयको पत्रविरुद्ध शुक्रवार सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमाथि शुक्रवार सुनुवाइ गर्ने तयारी छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहितको संवैधानिक इजलासमा पेशी तोकिएको छ । बुधवार सर्वोच्च अदालतको फूलकोर्टले संसद सचिवालयले चोलेन्द्रलाई दिएको निलम्बन फुकुवा सम्बन्धी पत्रबारे संसद सचिवालयसँग थप स्पष्टीकरण मागेको थियो ।

यता, संसद्को पत्र पाएपछि निलम्बन फुकुवा भएको भन्दै चोलेन्द्रले सर्वोच्च फर्किने तयारी गरेपछि नेपाल बारले गेटमा धर्ना दिने बताएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आज पनि धर्ना दिने तयारी गरेको बताए । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend