काठमाडौं २० मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हिजो छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई आज साँझ उनको निवास बालकोट भक्तपुर र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग हिजो बिहान उनको निवास खुमलटारमा भेट गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend