काठमाडौं २० मंसिर । काठमाडौँ महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ । महानगरले एक सूचना जारी गर्दै उसले अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ ।
आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend