सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

यि हुन एमालेबाट प्रतिनिधिसभा सदस्य जित्ने ४४ सांसद !

यि हुन एमालेबाट प्रतिनिधिसभा सदस्य जित्ने ४४ सांसद !

काठमाडौँ १९ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। दोलखाको मतगणना सकिएसँगै प्रत्यक्षतर्फको सबै मतपरिणाम सार्वजनिक भएको हो।

१६५ वटा निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ। दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ४४ सिट जितेको छ। माओवादी केन्द्र १८ सिट जितेर तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सिट जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा विजय हासिल गरेका छन्। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान १/१ सिट जितेका छन्।
पाँच जना स्वतन्त्र उम्मेदवार पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

एमालेबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको सूची यस प्रकार छ ।

झापा ५ – केपी शर्मा ओली

झापा ४ – लालप्रसाद साँवा लिम्बू

सुनसरी २– भीम प्रसाद आचार्य

सुनसरी ३– भगवती चौधरी

सोलुखुम्बु १– मानबीर राई

इलाम १ – महेश बस्नेत

उदयपुर २ – अम्बरबहादुर रायामाझी

झापा २ – देवराज घिमिरे

धनकुटा १– राजेन्द्रकुमार राई

मोरङ २ – ऋषिकेश पोखरेल

ताप्लेजुङ १– योगेशकुमार भट्टराई

इलाम २ – सुवासचन्द्र नेम्वाङ्ग

पाँचथर १– वसन्तकुमार नेम्वाङ्ग

धनुषा ३– जुलीकुमारी महतो ९महासेठ०

बारा १– अच्युतप्रसाद मैनाली

बारा ३– ज्वालाकुमारी साह

सिराहा १– रामशंकर यादव

सिराहा ३– लिलानाथ श्रेष्ठ

महोत्तरी १– लझ्मी महतो कोइरी

सर्लाही ३ – हरिप्रसाद उप्रेती

पर्सा ३ – राजकुमार गुप्ता

धनुषा ४– रघुबीर महासेठ

ललितपुर २ – प्रेमबहादुर महर्जन

काभ्रेपलाञ्चोक २– गोकुलप्रसाद बास्कोटा

काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

मकवानपुर २ – महेशकुमार बर्तौला

कास्की ३ – दामोदर पौडेल वैरागी

कास्की २– विद्या भटटराई

लमजुंग – पृथ्वी सुव्वा गुरुङ्ग

कास्की १– मनबहादुर गुरुङ्ग

पर्वत १– पदम गिरी

कपिलवस्तु१ – बलराम अधिकारी

पाल्पा१ – नारायणप्रसाद आचार्य

रुपन्देही ५ – बासुदेव घिमिरे

बाँके १ – सूर्यप्रसाद ढकाल

प्यूठान १– सूर्यबहादुर थापा क्षेत्री

पाल्पा २ – ठाकुरप्रसाद गैरे

कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

रुपन्देही १– छविलाल विश्वकर्मा

गुल्मी २ – गोकर्णराज विष्ट

अर्घाखाँची १– टोपबहादुर रायमाझी

रुपन्देही २– विष्णुप्रसाद पौडेल

कन्चनपुर १ – तारा लामा तामाङ

बैतडी १ – दामोदर भण्डारी

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend