काठमाडौं १९ मंसिर । नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । महासेठ सोमवार दिउँसो प्रचण्डको खुमलटारस्थित निवासमै पुगेका थिए । पूर्व अध्यक्ष भएको नाताले बधाई साटासाटका लागि प्रचण्डलाई भेटेको महासेठले बताए ।
‘पूर्व अध्यक्ष भएको नाताले बधाई साटासाटका लागि भेटेको हुँ, अरू खासै कुराकानी भएन,’ महासेठले भने । सत्ता गठबन्धनको बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच वामपन्थी गठबन्धन बनाउनेबारे अनौपचारिक ढंगको छलफल भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend