सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एक्टिभ सहकारीको साधारणसभाबाट नयाँ संचालक समितिको चयन

एक्टिभ सहकारीको साधारणसभाबाट नयाँ संचालक समितिको चयन

काठमाडौं ,१८ मंसिर। एक्टिभ बचत तथा ऋण सहकारी संस्थाले अठारौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भोला नाथ घिमिरेको अध्यक्षता र सहकारीविद केशव बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सभाले नयाँ संचालक समितिको चयन गरेको छ।

साधारणसभाले संचालक समितिका सदस्य सुरेश शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ। संचालक समितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन।

साधारणसभाले अध्यक्षबाट प्रस्तुत गरिएको संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नगद्प्रवाह विवरण लगायतका आर्थिक विवरण पनि पारित भएका छन।

संस्थाले सेयर सदस्यहरुलाई समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट १० प्रतिशत लाभांश प्रदान गरेको छ।

सेयर पूंजी रु १ करोड ४८ लाख २९ हजार पुगेको संस्थाले समिक्षा आ व मा रु। २३ करोड ४३ लाख ९ हजार निक्षेप संकलन गरि रु ३ करोड ६२ लाख ६७ हजार आम्दानी गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend