सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मणिगणेश सहकारीको साधारणसभाबाट नयाँ संचालक समितिको चयन

मणिगणेश सहकारीको साधारणसभाबाट नयाँ संचालक समितिको चयन

काठमाडौं । मणिगणेश बचत तथा ॠण सहकारी संस्थाले तेह्रौ साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। वर्तमान अध्यक्ष राजेश राजकर्णिकार नै चार वर्षको कार्यकालको लागि पुनः अध्यक्ष निर्वाचित भएका छन् ।

मंसिर १६ गते सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन सुझाव र छलफल सहित पारित गरेको छ। सभाले आ.व.२०७/७९ को वासलात ,लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब तथा नगदप्रवाह विवरण पनि पारित गरेको छ।

संस्थाले सेयर सदस्यहरुलाई समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट ५.११ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

साधारणसभामा सदस्यहरुको परिवार मध्यबाट यसवर्षको एस ई ई मा उत्कृष्ट ग्रेड प्राप्त गर्ने एकजना छात्रालाई रु १० हजार पुरस्कार सहित सम्मान गरियो। सामाजिक उत्तरदायित्व अन्तर्गत पनि यस सहकारीले विभिन्न कार्यहरू गर्दै आएको सभामा जानकारी दिइएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend