सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सहकारी क्षेत्रमा तरलता समस्या समाधान उन्मुख

सहकारी क्षेत्रमा तरलता समस्या समाधान उन्मुख

काठमाडौं १२ मंसिर। राष्ट्रिय सहकारी बैंकमा लगानी योग्य रकम (तरलता) बृद्धि भएको छ । राष्ट्रिय सहकारी बैंकमा तरलता बढ्नु भनेको सहकारी संस्थाहरुमा पनि बढ्नु हो ।

बैंकले प्रकाशित गरेको कार्तिक महिनाको अपरष्किृत वित्तीय विवरण अनुसार बैंकसाग् १८.३९ प्रतिशत तरलता रहेको छ । असोज मसान्तमा बैंकसँग १५.२६ प्रतिशत मात्र तरलता थियो ।

बैंकले निक्षेप (बचत) रकम बृद्धि र ऋण लगानी कम गरेर तरलता रकम बढाएको छ । असोज मसान्तमा बैंकमा ४० अर्ब ३५ करोड ८३ लाख बचत रहेकोमा कात्तिक मसान्सम्ममा आईपुग्दा ४० अर्ब ७० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै ऋण लगानी असोजमा ३५ अर्ब ५७ करोड ९६ लाख थियो । कार्तिक मसान्तमा आईपुग्दा ३५ अर्ब १० करोड २२ लाख रुपैयाँमा झरेको छ । कात्तिक मसान्तसम्ममा बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ७ लाख रुपैयाँ, सदस्य संख्या १५ हजार ६ सय ३६ रहेको छ ।

त्यस्तै कुल ऋणी सदस्य संख्या २ हजार ७ सय ३१ रहेको रहेको बैंकले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend