सर्लाही ११ मंसिर । सर्लाही क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेपाल समाजवादी पार्टी ९नेसपा०का उम्मेदवार महिन्द्र राय यादव निर्वाचित भएका छन् । रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोलाई २ हजार १३ मतको मतान्तरले पराजित गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २३ हजार ५ सय २९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २१ हजार ५ सय १८ मत ल्याए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend