ललितपुर,१० मंसिर। सर्वोत्तम बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष मकर ध्वज राईको सभापतित्व र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा अध्यक्ष राईले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १२.२५ प्रतिशत नगद लाभांश प्रदान गरेको जानकारी गराए। आफ्नो सहकारी संस्थागत सुशासन र पारदर्शितामा प्रतिबद्ध रहेको हुनाले आस्वस्त भएर कारोबार गर्न पनि उनले सदस्यहरुलाई आग्रह गरे।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आ.व.२०७८/ ७९ को वासलात ,लेखा तथा सुपरिवेक्षण प्रतिवेदन ,नगदप्रवाह विवरण लगायतका वित्तीय विवरण समेत सभाले पारित गर्यो।
संस्थाले यस वर्ष वित्तीय सुचाङ्कहरुलाई सुधार गर्दै शेयर पूंजी रु ५०,१६,७०० ले वृद्धि गरेको छ। हाल शेयर पूंजी रु १९,४८०,१००.०० पुगेको प्रतिवेदनमा जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend