काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा लैनचोर बैङ्क्वेट, काठमाडौंमा मङ्सिर ९ गते शुक्रवार सम्पन्न भएको हो ।
सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्नको लागि स्वीकृति प्रदान गरेको छ।
हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाउने प्रस्ताव सभाले पारित गरेको हो ।
साथै एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती प्रयोजनको लागि दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न, आवश्यक बीमाङ्कीय मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्ता लगाायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।
त्यसैगरी कम्पनी एक आपसमा गाभिने तथा प्राप्ति सम्बन्धि प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
अजोड इन्स्योरेन्स अहिले प्रभु इन्स्योरेन्स सँग मर्जर प्रक्रियामा रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend