लमजुङ ९ मंसिर । नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । उनको प्रतिक्रिया बाहिर आए पछि राजनीतिमा तरंग उत्पन्न भएको छ ।
वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिने क्रममा नेकपा माओवादी केन्द्रका महासचिव एवं प्रतिनिधिसभा उम्मेदवार देवप्रसाद गुरुङले दुवै मिलेर वाम शक्तिलाई एक गराउनेतर्फ लाग्नुपर्ने बताएका थिए ।
पार्टी एकता जोगाउन एमाले उपमहासचिव गुरुङ र माओवादी केन्द्रका महासचिव गुरुङ दुवै लाग्नुपर्ने बताए । ‘म देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, एकता हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति हुँ । वाम शक्तिबीच कार्यगत एकताको नीति हुनुपर्छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेताको प्रमाणपत्र दिएपछि शुक्रबार पत्रकारहरूसँग उनले भने, ‘सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend