सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अरुण काबेली पावर लिमिटेडको १२औं साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको १२औं साधारणसभा सम्पन्न

काठमाडौं , मंसिर । अरुण काबेली पावर लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै १०.५२६३ प्रतिशत बोनस सेयर र लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न १२औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनी सदस्यहरूलाई बोनस सेयर र लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर (१ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।

साथै, साधारणसभाले चुक्ता पूँजीको १ बराबर १ का दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गरेको छ । साधारणसभाले गुरू प्रसाद न्यौपानेको अध्यक्षतामा रमेश प्रसाद न्यौपाने, जिवन राज शाक्य, सलिना नेपाल, शास्वत चालिसेलाइ नयाँ सञ्चालक समिति चयन गरेको छ ।

कम्पनीको पाँचथर र ताप्लेजुङमा पर्ने २५ मेगावाटको काबेली बी–१ जलविद्युत केन्द्रले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend