सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गरिमा क्यापिटलको सातौं वार्षिक साधारणसभा सम्पन्न

गरिमा क्यापिटलको सातौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं , ९ मंसिर । गरिमा क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष दिपक पाण्डेको सभापतित्वमा सम्पन्न साधारणसभाले कम्पनीको अधिकृत पूजीँ वृद्धि गरि रु ३५ करोड पुर्याउने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन ,वासलात,नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ।

साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले कोभीड-१९ र अन्तर्राष्ट्रिय परिस्थितिको कारण सृजित आर्थिक मन्दिले समिक्षा आर्थिक वर्षमा कम्पनीले अपेक्षित सफलता हासिल गर्न नसकेको बताए । आगामी वर्ष गरिमा विकास बैंकसङ्ग सामुहिक लगानी कोशमा जाने र धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिगको अनुमती लिदै कम्पनीलाई सुदृढ गरिने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend