मंसिर ९ मंसिर । कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी निर्वाचित भएका छन् ।
उनले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दीपक कोइराललाई २ हजारभन्दा धेरै मतले हराएका हुन् ।
कास्कीका तीन प्रतिनिधि सभाका ६ प्रदेश सभा क्षेत्रमा नेकपा एमालेले ४ सिटमा जित निकालेको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसभन्दा पछाडि नेकपा एमाले सिट जितको संख्यामा रहेको छ । नेकपा एमालेको समानुपातिक मत भने कांग्रेसको भन्दा बढी आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend