फाइल फोटो
काठमाडौँ २३ कार्तिक ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन्। ओलीले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन् ‘दुःखद् खबर(हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ। उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend