सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री देउवाद्वारा भूकम्पमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त, उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन

प्रधानमन्त्री देउवाद्वारा भूकम्पमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त, उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन

फाइल तस्विर

काठमाडौं २३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उनले निर्देशन दिएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend