अर्घाखाँची २१ कात्तिक । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले सत्ता गठबन्धन अहिले एजेण्डाबिहीन भएको दावी गरेका छन । उनले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दावी गरे ।
सोमवार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले यस्तो बताएका हुन ।
‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने,‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरु पनि विभाजन हुन्छ । देश ध्रुविकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’
‘कांग्रेस र कम्युनिष्ट छुटयाउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाएजस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने । सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ ।
गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताए । उनले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसमा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend