सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा २० कात्तिक । बारा–४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी सहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रममा गिरीसहित २९३ जना एमाले नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरीसहित एमालेका प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् ।

उनीहरुलाई पूर्व मन्त्री किसान श्रेष्ठले टिका र खादा लगाएर स्वागत गरेका हुन् । बारा ४ को विकासको लागि सबै एक भएर अघि बढ्न श्रेष्ठले आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend