सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

चितवनमा जीपको ठक्करबाट एकजनाको ज्यान गयो

चितवनमा जीपको ठक्करबाट एकजनाको ज्यान गयो

  • शुक्रबार, १८ कार्तिक २०७९

काठमाडौं १८ कात्तिक । चितवनको कालिका नगरपालिका–७, गैँडाखोलामा बोलेरो जीपको ठक्करबाट एकजनाको ज्यान गएको छ । स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

गए राति करिब सवा २ बजे ना३च ७१७८ नम्बरको जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई ठक्कर दिएको थियो । दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend