काठमाडौं १७ कात्तिक । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्। आज लैनचौरमा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन ।
उनले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको पनि दाबी गरेका थिए। गोरखा १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई र २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार छन्।
उनले सत्ता गठबन्धनका उम्मेदवार जितिहाल्छन् भनेर भोट हाल्न नजाने प्रवृत्ति हुन सक्ने भन्दै त्यसतर्फ पनि चिन्ता जनाएका थिए। ‘माओवादी र कांग्रेसले नयाँ शिराबाट काम गर्ने र आफूलाई प्रस्तुत गर्ने बेला आएको छ। माओवादीको भोट कांग्रेसमा हस्तान्तरण हुन्छ कि हुन्न र कांग्रेसको भोट माओवादीमा हस्तान्तरण हुन्छ कि हुन्न भन्ने चिन्ता अहिले चुनावबाट पुष्टि गर्नुपर्ने उनले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend