काठमाडौं १७ कार्तिक । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज आफ्नो वाचा पत्र सार्वजनिक गर्ने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्ने छन्। राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिस्कार गरेको छ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend