अर्घाखाँची, १४ कात्तिक । अर्घाखाँचीको प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गरेका नेकपा एकिृकत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले उम्मेदवारी निष्कृय पार्दै राष्ट्रिय जनमोर्चाका सागर केसीलाई समर्थन गरेका छन् ।
सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै चौहानले उम्मेदवारी फिर्ता लिएर प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लाग्ने बताए । केपी ओलीले गरेको संसद विघटन संविधान विरोधी भएकाले गठबन्धनको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसाल, प्रदेश सभा (क) मा जनमोर्चाका सागर केसी र प्रदेश सभा (ख) मा काँग्रेसका कमल भुसालको जित अपरिहार्य रहेको बताए ।
गठबन्धनको जितका लागी उम्मेदवारी फिर्ता लिएको भन्दै सबै राजनितिक दल एकैठाउँमा प्रतिवद्ध भएर लाग्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend