चितवन १४ कार्तिक । चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभाका लागी स्वतन्त्र उम्मेदवार दिएका बद्रि सिलवाल घर दैलो अभियानमा ब्यस्त छन । उनी चुनावी प्रचारका लागी घर दैलो अभियानमा ब्यस्त बनेका हुन । सिलवालका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २४, २५, मा जनता संग हेलमेटमा भोट माग्दै हिडिरहेका छन । त्यसै गरी उनले माडी वार्ड नम्वर १ देखि ९ सम्म मतदातासंग भेटघाट गरिसकेका छन ।

आफनो उम्मेदवारीले मतदाताहरु धेरै खुशि र उत्साहित बनेको सिलवालले खबरब्रेकिंगलाई बताए । चुनावी अभियान अझै तिब्र बन्दै जाने उनको भनाई छ । जनताको माया र सदभाव आफू प्रति भएकाले चुनाव जित्न सहज हुने बातावरण बन्दै गएको उनले बताए । पुराना पार्टी र पुराना नेताबाट जनता लामो समय देखि वाक्क दिक्क भएकाले परिवर्तन र बिकासका लागी आफूलाई चितवन क्षेत्र नम्वर ३ का जनताले चुनाव जिताएर संसद भित्र पठाउने कुरामा आफू ढुक्क भएको उनले बताए ।



© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend