सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आइडियल यमुना बहुउद्देश्यीय सहकारीको २३औं साधारणसभा सम्पन्न ,१५ प्रतिशत लाभांश प्रदान

आइडियल यमुना बहुउद्देश्यीय सहकारीको २३औं साधारणसभा सम्पन्न ,१५ प्रतिशत लाभांश प्रदान

समीर भण्डारी । काठमाडौं ६ कार्तिक । आइडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुयाङ लामाले आफ्नो सहकारी सुशासन र पारदर्शितामा प्रतिबद्ध रहेकोले सदस्यहरुलाई विश्वासपुर्वक कारोबार गर्न अनुरोध गरेका छन। कार्तिक ५ गते सम्पन्न संस्थाको २३ औ साधारणसभामा उनले संस्थामा पर्याप्त तरलता मौज्दात रहेको र सदस्यहरुको बचत रकम जुनसुकै बेला फिर्ता गर्न सक्षम रहेकोेले केही सहकारीका नकारात्मक समाचार पढेर वा सुनेर धारणा नबनाउन सदस्यहरुलाई अनुरोध गरेका हुन।

बागमती प्रदेशका सहकारी विभागका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली ,काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ लगायतका उपस्थितिमा सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष कुयाङ लामाले प्रस्तुत गरेका आ.व.२०७८/०७९ प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ। सभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन ,नगद्प्रवाह विवरण ,नाफा-नोक्सान हिसाब ,संस्थाको आ.व.२०७९/०८० को वार्षिक नीति,योजना तथा कार्यक्रम एवं अनुमानित बजेट समेत पारित गर्यो।

संस्थाले यस वर्ष शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको छ। शेयर पूंजी रु.५ करोड ५२ लाख भन्दा बढी रहेको सहकारीले यस वर्ष रु. ३ अर्व ४७ करोड निक्षेप संकलन र रु.२अर्व ४९ करोड कर्जा लगानी गरि कर बाहेक रु.६३ लाख बढी नाफा गरेको प्रतिवेदनमा जनाइएको छ। संस्थाको सदस्य संख्या २१ हजार भन्दा बढी रहेको छ ।

संस्थाले चालू आ.व.को अन्त्यसम्ममा शेयर पूंजी ४० करोड ,बचत संकलन ४ अर्व ५० करोड र सदस्य संख्या २५ हजार पुर्याउने लक्ष्य राखेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend