सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिटिजन्स बैंकको नौ प्रतिशत लाभांश पारित

सिटिजन्स बैंकको नौ प्रतिशत लाभांश पारित

काठमाडौं ५ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार सम्पन्न सोह्रौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भएको सभाले चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने लाभांश अनुमोदन गरेको हो । सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक समेत हो ।

सभाले साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयर–साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।

सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । यस्तै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

त्यसैगरी सभाका अध्यक्ष राजन सिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्ध रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend