सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रु रु जलविद्युत कम्पनीको १७ औं साधारणसभा सम्पन्न

रु रु जलविद्युत कम्पनीको १७ औं साधारणसभा सम्पन्न

काठमाडौं ५ कार्तिक । रु रु जलविद्युत कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभाले आ.व.२०७८/०७९ को संचित मुनाफाबाट १०% बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष आशिष सुवेदीको सभापतित्वमा सम्पन्न साधारणसभाले कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.५२६३% नगद लाभांश समेत प्रदान गरेको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गर्नुका साथै आ.व.२०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन र नगद्प्रवाह विवरण समेत अनुमोदन गरेको छ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका निर्माण भएको ५ मेगावाट क्षमताको यस आयोजनाको मुनाफामा समिक्षा आर्थिक वर्षमा ३०.१७ प्रतिशतले वृद्धि भई रु.९ करोड २८ लाख ३७ हजार पुगेको अध्यक्ष सुवेदीले कार्यक्रममा जानकारी दिए। उपयुक्त र आकर्षक आयोजनामा कम्पनीले लगानी गर्दै जाने उद्देश्य रहेको पनि उनले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend