काठमाडौं ४ कार्तिक । सानिमा माई हाइड्रोपावर लिमिटेडले एघारौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष टेकराज निरौलाको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिको प्रस्ताव अनुसार शेयरधनिहरुलाई आ.व.२०७८/०७९ को खुद मुनाफाबाट चुक्ता पूंजीको ५.२६% नगद लाभांश पारित गर्यो।

साधारणसभाले संचालक समितिको आ.व.२०७८/०७९ वार्षिक प्रतिवेदन , वासलात,नाफा-नोक्सान हिसाब तथा नगद्प्रवाह विवरण छलफल र सुझावसहित पारित गरेको छ।
समिक्षा आर्थिक वर्षमा कम्पनीले माई( २२ मे ) तथा माई क्यास्केड (७ मे.) जलविद्युत केन्द्रबाट उत्पादित कुल १५३.९ गिगावाट आवर विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्रि गरि कुल रु ९३ करोड ५० लाख आम्दानी र रु ५४ करोड ६१ लाख मुनाफा आर्जन गरेको छ। कम्पनीले खुद मुनाफामा यस वर्ष ३३.३७% वृद्धि गरेपनी अन्य आयोजनामा लगानी प्रतिबद्धता जनाएकोले कम लाभांश छुट्टाउनुपरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend