काठमाडौं २ कात्तिक । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ तोक्दै कारोबार मूल्य हिजो मंगलबारको तुलनामा घटेको जानकारी दिएको हो ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । जुन, आज तोलामा २०० रुपैयाँले घटेको हो । मूल्यमा गिरावट आएसँगै छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजावी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबार भइरहेको जनाएको छ । जसअनुसार, आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend