आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आज काठमाडौंमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रशिक्षण दिने

आज काठमाडौंमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रशिक्षण दिने

काठमाडौं ३० असोज । आज काठमाडौंमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षण कार्यक्रममा सत्ता गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्तालाई सहभागी हुन भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend