काठमाडौं २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई।चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend