आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रुपन्देही २ मा विष्णु पौडेललाई सहज !

रुपन्देही २ मा विष्णु पौडेललाई सहज !

PHOTO: BALKRISHNA THAPA CHHETRI

काठमाडौं २६ असोज । रुपन्देही २ मा गठबन्धनका उमेदवारको उमेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले नेकपा एमालेका उमेदवार विष्णु पौडेलका मुख्य प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका नेता राजु गुरुङको उमेदवारी खारेज गरिदिएको हो ।

एकीकृत समाजवादीले निकै संघर्षपछिमात्रै उक्त निर्वाचन क्षेत्र गठबन्धनबाट लिएको थियो । मुख्य प्रतिष्पर्धीको उमेदवारी नै खारेज भएपछि एमाले उमेदवार पौडेललाई सहज भएको देखिन्छ ।

गुरुङ बैंकिङ कसुरमा कालो सूचीमा रहेको भेटिएपछि उनको उमेदवारी खारेज भएको हो ।

तोकिएको अवधिमा गुरुङले कालो सूचीबाट हटेको प्रमाण पेस नगरेपछि जिल्ला निर्वाचन कार्यालयले उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

गुरुङसँगै अन्य दुई स्वतन्त्र उमेदवारको उमेदवारी पनि खारेज भएको छ । स्वतन्त्र उमेदवार हिमाल बस्याल र हाम्रो नेपाली पार्टीका उमेदवार कलम भुसालको उमेदवारी पनि खारेज भएको छ ।

यसअघि नेकपा एमालेले गरेको आन्तरिक अध्ययनमा गठबन्धन कायमै रहे रुपन्देही २ जित्न कठिन रहेको क्षेत्रमा राखेको थियो ।

अब मुख्य प्रतिष्पर्धीको उमेदवारी खारेज भएको र जनता समाजवादी पार्टीसँगको तालमेलका कारण पौडेललाई सहज देखिन्छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सो क्षेत्रमा ३३ हजार १८७ मत ल्याएको थियो । कांग्रेसले ३४ हजार ९५९ मत ल्याएको थियो भने माओवादी केन्द्रले ३ हजार १८८ मत ल्याएको थियो । राप्रपाले ३ हजार ९२०, जसपाले १८३ र लोसपाले २५ मत ल्याएको थियो । एकीकृत समाजवादीले जम्मा १३८२ मत ल्याएको थियो । तर पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसले एकीकृत समाजवादीले छाडिदिएको थियो ।

सत्ता गठबन्धनका कारण उक्त क्षेत्र कांग्रेसले छाडिदिनुपरेको जनाएको छ ।बाह्रखरी बाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend