भक्तपुर २५ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसका दर्जनौ असन्तुष्ट नेता नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४र०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उद्यब चौलागाई लगायत २५ जना एमालेमा प्रवेश गरेका हुन् ।
आगामी निर्वाचनमा तेब्बर भन्दा बढी मतले विजयी हुने दावी गरेका नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतको विशेष पहलमा उनीहरु आज एमालेमा प्रवेश गरेका हुन् ।
बालकोटमा आज आयोजित एक कार्यक्रमका बिच एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई उनीहरु एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै उनीहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गरे ।
नवप्रवेशीलाई अध्यक्ष ओली तथा नेता बस्नेतले स्वागत तथा राजनीतिक जीवन सफलताको शुभकामना व्यक्त गरे । योग्यता र क्षमताको आधारमा पार्टीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिई एमालेलाई थप दरविलो र परिस्कृत बनाउन पार्टी तथा मुलुक निर्माणमा लगाउने प्रतिवद्धता उनीहरुले जनाए ।
कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, एमाले भक्तपुर क्षे नं। २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतका एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend