काठमाडौं २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले टिकट पाए जित्छु नपाए जिताउछु अभियानमा सबैजना लाग्नुपर्ने बताएका छन् । लोकप्रिय सामाजिक सञ्जालमा फेसबुकमार्फत युवा नेता रिजालले यस्तो बताएका हुन् ।
“पार्टीको टिकट वितरण प्रणालीबाट पार्टीले टिकट दिएर उम्मेद्वार बनिसकेका एमालेका उम्मेद्वारहरू जो सुकै उठे पनि अब उहांहरू हाम्रो पार्टी का साझा उम्मेद्धवार हरु हुन् ।, रिजाल लेख्छन्, अब एमालेका उम्मेद्वार हरु हार्नु भनेको कोही व्यक्ति हार्नु होइन सिङ्गो एमाले पार्टी हार्नू हो । लोकतंत्र हार्नु हो। यो देशका न्यायप्रेमी जनता र मुलुक हार्नु हो।”
यस्तै रिजालले एमालेमा बसेर एमालेलाई नै हराउने तानाबुनामा नफस्न समेत पार्टी सम्बद्ध नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
“एमालेमा बसेर एमालेलाई नै हराउने तानाबुनामा नफस्नुहोस कमरेड हरू यसले पार्टी लाई केही तत्काल क्षति होला तर अन्तर्घाती हरूको आफ्नै राजनीति भविष्य सधैको लागि सकिन्छ ।टिकट पाए जित्छु । नपाए जिताउछु । अभियानमा सबैजना लाग्नुपर्छ ।, रिजाल अगाडी लेख्छन्, अहिलेनै घोषणा गरुन् पार्टी प्रति गद्दारी गर्दिन भनेर ्र हामी सबै पार्टी का सिपाही हरू अन्तरआत्मा देखि एकताबद्ध भएर लागौ भने हाम्रो पार्टी एमालेलाई सुविधाजनक बहुमत ल्याउन कुनै तागतले रोक्न सक्दैन ।आफूले टिकट पाउंदा जित्ने अरूले पाउदा नजित्ने हाम्रो सोच दिमाग लाई परिवर्तन गरौ ।”
यस्तै रिजालले मदन भण्डारी, मनमोहनअधिकारी जस्ता दिग्गज नेताहरु मर्दा नसकिएको एमाले पदभोगी ,पार्टी फोडुवाहरुले पार्टी छाडदा आकास खस्दैन, झन एमाले स्वच्छ र बलियो हुने टिप्पणी समेत गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend