आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

केपी ओली र महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता, ठाकुरले गरे यस्तो प्रस्ताव

केपी ओली र महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता, ठाकुरले गरे यस्तो प्रस्ताव

काठमाडौं १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट दिए तालमेल गरेर जान सकिने प्रस्ताव गरेका छन् ।

यसअघि लोसपाले मधेश प्रदेशका ८ जिल्लाबाट प्रतिनिधि सभाका रहेको ३२ सिटमध्ये आधामा दाबी गरेको थियो । एमालेले त्यसमा फाइदा नदेखेपछि तालमेल धरापमा परेको थियो ।

एमाले र लोसपाबीचको चुनावी तालमेलको कुरा अगाडि बढ्न नसकेको बेला ठाकुर बालकोट पुगेका हुन् ।

एमालेले लोसपासँग चुनावी तालमेल गर्दा कुनै फाइदा नहुने देखेपछि संवाद अन्त्य गरेको थियो । मधेशमा एमाले र लोसपाको मत समेत जोड्दा पनि गठबन्धन भन्दा पछि नै हुने देखिएपछि एमालेले लोसपासँग तालमेलमा अनिच्छा देखाएको छ ।

तर, सोमवार भएको भेटमा प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा ६ सिट र प्रदेश सभामा १० सिटमा तालमेल गर्ने प्रस्ताव ठाकुरले गरेको एमाले उच्च स्रोतले बताएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, एकवाल मियाँ र लक्ष्मणलाल कर्णका लागि प्रतिनिधि सभाका सिट दिए तालमेल हुने लोसपाको प्रस्ताव रहेको एमाले स्रोतले बतायो ।

मधेश प्रदेशमा लोसपाको १० सिट रहेको र सोही सिट आगामी निर्वाचनको लागि पनि दिए मान्य हुने ठाकुरले एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् ।

एमलो र जनता समाजवादी पार्टी (जसपा)को तालमेलको छलफल अघि बढेपछि लोसपाका नेताहरू झस्किएका थिए । लोसपासँगभन्दा जसपासँग नै तालमेल गर्दा चुनावी फाइदा हुने भएपछि एमालेले लोसपालाई प्राथमिकतामा राखेको छैन । लोसपाका नेताहरू भने एमालेले जसपालाई लिएर चुनावी तालमेल नगर्ने दाबी गर्छन् । ठाकुर र ओली बीचको सोमबारको संवाद पनि निष्कर्षमा पुग्न सकेको छैन । लोकान्तरबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend