आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज

काठमाडौं १३ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतस् खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताए ।।

प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवै तिरको पद खारेज हुन्छ ।’

आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्न विशेष अनुगमन टोली नै गठन गर्ने बताए । उनले तिनै तहका कर्मचारीलाई गोप्य ढंगले परिचालन र यस्तो टोलीले दिएको प्रतिवेदनका आधारमा उम्मेदवारलाई कारबाही गर्ने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend