काठमाडौं ,११ असोज । नेपालको पहिलो फुड रियलिटि शो सेफ नेपाल को प्रारम्भिक तयारी पुरा भएको छ। शो कार्तिक १५ बाट रेकर्डिङ शुरु गरि मंसिर महिनाबाट हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।
सेफ नेपाल अन्तर्राष्ट्रिय स्तरको खाना पकाउने कला सम्बन्धि शो हो। यो शो ले नेपाली खानाको विविधता र सँस्कारलाई विश्वसमक्ष प्रस्तुत गर्ने कार्यक्रमका निर्माता धर्मराज पाण्डेले बताएका छन।
शो को निर्माण डाईरेक्टर सिमोश सुनुवार रहनेछन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता एवं सेलेबृटि जज रहनेछिन। निर्णायक भुमिकामा सेफ गणेश ढकाल र भान्से लक्षण भण्डारी छन् । यसको निर्माण सेट भक्तपुरको ठिमीस्थित रोयल थाई हस्पिट्यालिटीभित्र रहेको छ।
यस कार्यक्रमको लागि अनलाइन अडिसन मार्फत प्राप्त २०० आवेदन बाट ८० छनोट भैसकेको भए पनि आवेदनको समय एक हप्ता थपिएको आयोजकले जनाएका छन। प्रोफेसनल सेफ बाहेक जोकोही नेपालीले अनलाइन अडिसन आवेदन दिन सक्नेछन।
अडिसन राउन्ड २ एपिसोड ,सो पश्चात् इलिमिनेशन राउन्ड ४ एपिसोड ,कम्पिटिसन राउन्ड १० एपिसोड र २ एपिसोड को फिनाले गरि जम्मा १८ राउन्डको कार्यक्रम हुनेछ । विजयी प्रतियोगीलाई नगद रु। २५ लाख पुरस्कार दिइने आयोजकले घोषणा गरेका छन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend