समीर भण्डारी, काठमाडौं ,११ आश्विन । आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडले आफ्नो बार्हौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष ढकालले संस्था कान्तिपथस्थित आफ्नै सुविधासम्पन्न भवनबाट संचालन गर्न शुरु गरिएको जानकारी गराए। संस्था सुशासन र पारदर्शितामा प्रतिबद्ध रहेकोले विश्वासका साथ कारोबार गर्न उनले सदस्यहरुलाई अनुरोध गरे।

साधारणसभामा यस सहकारीका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले समिक्षा आ.व.मा शेयर सदस्यहरुलाई संचित मुनाफाबाट १८% नगद लाभांश प्रदान गरिएको जानकारी गराए।

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल र सुझावसहित पारित गर्यो ।

आ.व.२०७८/०७९ मा शेयर पूंजी रु ४३करोड ४३ लाख रहेको संस्थाले रु ८ अर्व ६० करोड ९४ लाख निक्षेप संकलन र रु ७ अर्व ४४ करोड ६९ लाख कर्जा लगानी गरि रु १० अर्व ४ करोड २ लाखको वासलात तयार गर्न सफल रहेको प्रतिवेदनमा जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend