बिष्णु प्रसाद शर्मा,
बिश्व इतिहासमा देशको प्रधानमन्त्री पदलाई गरिमामय पद हो भनेर सबै देशले स्थान तोकेका हुन्छन् । प्रधानमन्त्रीको कुर्सीलाई सम्मान गरिन्छ र सबै जनताले त्यो पद अनी कुर्सीको गरिमालाई सम्मानजनक स्वीकार गर्दछन् ।
नेपालमा बिगत ३०-३२ बर्ष यताका प्रधानमन्त्रीहरु सबैले अपमानित र बिवादित बनेको जनताले नै देखिराखेका पनि छन । केही समय पछि फेरि त्यही गरिमामय पदमा आसिन त हुन पुग्दछन् तर त्यो सम्मानित पद अनि कुर्सी प्रति स्वयं उत्तरदायि बनेको पाइदैन । जो आसिन हुन पुग्दछन् त्यसैले अपहेलना गर्दै बदनाम गराएका उदाहरणहरु आकासमा भरिएको बादल हटेपछि देखिने नीलो रंग देखिए झै सबैले देखेकै कुरा हुन । ७६ साल भाद्र १ गते प्रधानमन्त्रीले धेरै वकवक गरेका थिए, तर उनले म को हुँ र के थिए भन्ने हैसियत कै ख्यालगर्न सकेनन् । स्वयं प्रधानमन्त्रीको अबस्था के र कुन समयमा माटोमा मिल्ने हो ? स्वयं उहाँलाई नै पत्तो थिएन ।
समय काल एक पछि अर्को बदलिय तर नेपालका दलहरुका प्रधानमन्त्रीहरुले आफनो पदिय दायित्व बहन गर्न सकेनन् । लुम्विनीमा अन्तरराष्ट्रिय बिमान स्थल बन्यो रे, भारतीय प्रधानमन्त्रीले उद्घाटन पनि गरे रे, साथ साथै नेपाललाई नोक्सान हुने सन्धि सम्झौता पनि भयो रे तर नेपालका प्रधानमन्त्रीलाई निन्द्राले छाडेकै थिएन । निन्द्राले नछाडेको मात्रै होइन, -याल, सिंगानले दुर्गन्धित नै बनाइरहेको थियो । एक समय आयो । काठमाण्डौंकी नानीमैयाँ दाहालको घडी चिन्ह र जोगमेहर श्रेष्ठको माछा चिन्ह थियो । जनताले अत्याधिक मतदान गरेका थिए । जोगमेहरले हारे नानीमैयाँले जितिन् तर निर्वाचन परिणाम आएकै भोलीपल्ट काठमाण्डौंकै रातो पुलको उत्तरपटि छेउमा एउटा एक तल्ले घरको छिडिको बरण्डामा गुप्तागं समेत देखिने संकेतमा नानीमैयाँ दिदी बिश्राम गरेकी थिइन तर जनताले उनको जितको उपहास भएको ठानेंका थिए । नेपालमा प्रजातन्त्र २०४६ सालमा आयो भने तर राजा महेन्द्रले कम्युनिष्ट अबधारणाको प्रजातन्त्रको उदय १ पौष २०१७ सालमै ल्याइदिएका थिए र २०२१ सालमा भुमिसुधार लागु गरेर भाई भारदारको जमिन खोसेर मोहिमानी हक लागु गरिदिएर हलिहरुलाई जमिनको मालिक बनाईदिएको परिणाम ६३ सालले प्रत्यक्ष नै दियो । जनतालाई अनुशासित बनाउन प्रधानमन्त्रीहरुको योगदान रहन पर्ने थियो । अरुले बोल्दा सवय र भव्य बनाउने प्रयास प्रधानमन्त्रीले गर्नु पर्ने थियो तर प्रधानमन्त्रीले नै जथाभावी बोल्ने गर्ने र बक बकाउने के गरिमामय पदको अपहेलना होइन, भएन ? के समाज सव्य र भव्य बन्ला त ? अब जनताले नै प्रजातन्त्रको पहिचान गरुन र मददान कस्तालाई गर्ने भनेर पनि बुझुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend