काठमाडौं १० असोज । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ।
आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा। शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजनक उपस्थिति खोजेको छ। पार्टीभित्र न्याय र समानताका लागि भन्दै सङ्घर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताइन्। उनले भनिन् हामीले लाखौँ नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौँ। तर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैर लोकतान्त्रिक चरित्र देखिएको छ, यसलाई सच्याइनुपर्छ ।ु आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend