आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अपवित्र बिपक्षी गठबन्धन देशको लागी अभिषापः टोपबहादुर रायमाझी

अपवित्र बिपक्षी गठबन्धन देशको लागी अभिषापः टोपबहादुर रायमाझी

मोतिराज खनाल, काठमाडौं ९ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै भिड्ने हैसियत कुनै पार्टीको नभएको दावी गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले गठबन्धनका अन्य दलहरुलाई लक्षित गर्दै एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको समेत आरोप लगाए ।

उनले भने, ‘नेकपा (एमाले) सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ ।

आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यकता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन् । गठबन्धन गरेपनि सजिलो छैन भन्नेकुरा प्रष्ट देखिएको समेत बताएका थिए ।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चियापान तथा आउँदै गरेका चाडबाड दशैं तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्घाखाँची प्रदेश सभा ( क) का उमेदवार नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले सुखी नेपाली र समृद्ध नेपाल बनाउन र अर्घाखाँचीलाई विकसित बनाउन नेकपा एमालेको बिकल्प नभएको धारणा समेत राखेका थिए।

नेकपा एमाले प्रदेश सभा (ख) का उमेदवार रामजीप्रसाद घिमिरेले नेकपा एमालेको कार्यकालमा विकाशको लहर ल्याएको बताए । नेकपा एमालेले अर्घाखाँचीको विकाश निर्माण गर्ने कार्य तिब्र गतिमा अंगाडि बढाइएको र आगामी कार्यभार पनि एमालेले नै पुरा गर्ने बताए ।

अपवित्र बिपक्षी गठबन्धन देशको लागी अभिषाप भएको हुनाले यसलाइ सधैका लागी अन्त्य गर्नु जरुरी रहेको बताए । त्यसै गरी नेकपा एमाले केन्द्रीय सदस्य बमबहादुर बिकले गठबन्धन सरकारले नेपाली जनतालाइ पिडा मात्र दिएको बताए ।

जब देशमा परमादेश सरकार आयो तव देशमा बेथिति बढेको महंगी बढेको अराजकता बढेको र गरिब जनताको घाउमा मलम लगाउन नेकपा एमालेको जित अनिवार्य रहेको बताए ।

नेकपा एमालेका अर्घाखाँची जिल्ला अध्यक्ष पितम्बर भुसालले एमालेले चुनाव जित्ने ५ आधारहरु प्रस्तुत गरेका थिए । जसमा १ नम्बर बुँदामा नेकमा एमालेको मजबुत जन सङ्गठन नै एमालेको चुनाव जित्ने पहिलो आधार रहेको बताए ।

दोस्रो बुदामा नेकपा एमालेले बिगतमा गरेका लोकप्रिय काम जस्तै बृद्ध भत्ता एकल महिलालाइ भत्ता लगायत रेलमार्ग , जलमार्ग , सुरुङ्ग मार्ग बाटो घाटो लगायत राष्ट्रीयतामा हाम्रो पार्टीले राखेका अडान साथै हाम्रो पार्टीको नेतृत्वमा पारित गरेको चुच्चेनक्सा जस्ता यावत लोकप्रिय काम नै नेकपा एमालेले चुनाव जित्ने आधार रहेको बताए ।

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा विशाल मिश्रले अध्यक्षता गरेका थिए ।मञ्चका उपाध्यक्ष दुर्गा खनालले स्वागत मन्तव्य राखेका थिए ।

मञ्चकै अर्का उपाध्यक्ष गिता खनालले अतिथि हरुलाइ खादा र मालाले स्वागत गरेकी थिइन । सचिव बिष्णु कुँवरले कार्यक्रम सन्चालन गरेका थिए । राष्ट्रीय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य शिब साहले स्वागत गितले स्वागत गरेका थिए ।

अतिथिमा केन्द्रीय सल्लाहकार परिसद सदस्य नजिर मिया , केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी , लुम्बिनी प्रदेश कमिटी सदस्य जिवनारायण कोइराला , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नारायण पाण्डे सन्तोषी , राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोतिराज खनाल , महासंघकै केन्द्रीय सदस्य शिब शाह , प्रेस चौतारी काठमाडौं जिल्ला अध्यक्ष मुकुन्द भुसाल साथै कार्यक्रममा बिभिन्न सङ्गठन र जनबर्गिय सङ्गठनका केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताको ठुलो सहभागिता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend