आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौं महानगरपालिकाले सूचना जारी गदैं दियो यस्तो निर्देशन

काठमाडौं महानगरपालिकाले सूचना जारी गदैं दियो यस्तो निर्देशन

काठमाडौं ७ असोज । काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले निर्देशन दिएको छ।

व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने नाम भएको साइबोर्डको शुल्क ३० दिनभित्र तिर्न महानगरले सूचना जारी गरेको हो।

३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा शुल्क बुझाउन भनिएको छ। सो अवधिभित्र साइनबोर्डको शुल्क नबुझएमा वा तोकिएको साइजभन्दा ठूलो साइनबोर्ड राखेमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी पनि दिइएको छ। महानगरले ३० वर्ग फुटभन्दा ठूलो साइनबोर्ड राख्न नपाउने बताएको छ।

६ वर्ग फुटसम्म एक वटा साइनबोर्डको वार्षिक ५०० रुपैयाँ बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै, १५ वर्ग फुटसम्म एकवटाको वर्षिक १ हजार ५०० र १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रतिवर्ष फुट एक वटाको वार्षिक एक हजार रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend