आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाले सर्कुलर जारी गदैं मातहतका समितिलाई दियो यस्तो निर्देशन

लोसपाले सर्कुलर जारी गदैं मातहतका समितिलाई दियो यस्तो निर्देशन

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा पार्टीले बुधबारदेखि नै देशव्यापी रूपमा आन्दोलन सुरु गरेको लोसपा कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए। यसअघि लोसपाले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलनमा उत्रिने घोषणा गरेको थियो।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु लोकतान्त्रिक प्रणालीमाथिको प्रहार भएको बताएका छन्। ‘संसद्को दुबै सदनबाट दुई ,दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो’, यादवले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्। तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि राष्ट्रपतिको तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend