सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने

ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने

काठमाडौं ६ असोज । विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग, व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ।

अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ असोजदेखि लागू हुने गरी व्याजदरमा भएको वृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कर्जाको व्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमीव्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको पनि जनाएको छ।

महासंघका अनुसार बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend