आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्ता गठबन्धनले निकाल्यो यस्तो निष्कर्ष

सत्ता गठबन्धनले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौं ५ असोज । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेको निष्कर्ष निकालेको छ ।

सत्ताधारी गठबन्धनको बैठकले राष्ट्रपतिको उक्त कदम असंवैधानिक भएको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपतिको उक्त कदमबारे वक्तव्य निकाल्ने तयारी समेत गरेको छ ।

२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा राष्ट्रपतिले फर्कादिएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरी पुनः प्रमाणीकरणका लागि पठाएको थियो । कानुनअनुसार १५ दिनभित्र राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अहिले विभिन्न माध्यममा उनका पक्ष र विपक्षमा विमर्श भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend