आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपा, जसपा र तमलोपाले गरे जनकपुरमा प्रदर्शन

लोसपा, जसपा र तमलोपाले गरे जनकपुरमा प्रदर्शन

जनकपुरधाम ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति जनकपुरमा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जनकपुरमा चक्काजामसहितका छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेको हो ।

लोसपाले जनकपुरको पीडारीचोकमा एक घण्टा चक्काजाम गरी विरोध जनाएको छ । राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेको भन्दै लोसपाले राजीनामा माग गरेको छ ।

यस्तै जसपा र तमलोपाका नेता कार्यकर्ताले जनकपुरमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् ।

छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा राष्ट्रपति भण्डारीको पुतला जलाउँदै जसपा र तमलोपाले राजीनामा समेत माग गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend