काठमाडौं २९ भदौ । बन्द रहेका नेपाल–चीनका नाका सञ्चालन गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेका चिनियाँ कांग्रेसका अध्यक्ष ली चानशुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा जनाएका छन्।
बुधबार राष्ट्रपति कार्यलय शितल निवासमा भएको भेटमा लीले उक्त कुरा बताएको राष्ट्रपति कार्यलयले बताएको छ।
नेपालसँगको सीमनामा रहेको तिब्बत क्षेत्रमा कोभिड बढेको भन्दै चीन पक्षले साउन २१ देखि रसुवागढी र साउन २५ देखि तातोपानी नाका बन्द गरेको थियो।
ली चिनियाँ अधिकारीसँग छलफल गरेर नाका खुलाउन कुरा गरेकोले यो विषय तत्कालन कार्यन्वयनमा आउने विश्वास राष्ट्रपति भण्डारीलाई दिएको भेटमा सहभागी ती अधिकारीले बताएका छन्।
यस्तै, उक्त भेटमा राष्ट्रपतिले चीनको सुरक्षाको चासोको विषयमा विश्वस्त दिलाएको र नेता लीले नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको पनि राष्ट्रपति कार्यलयले बताएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend