काठमाडौं १६ भदौ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरुलाई जानकारी दिनुहोला आदेशमा भनिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend