सिरहा १५ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा निर्वाचन उम्मेदवारका लागि सिरहा क्षेत्र नम्बर १ र २ बाट सिफारिस गरिएको छ ।
जसपा क्षेत्रीय समितिको बुधबार बसेको बैठकले पहिलो नम्बरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिसमा परेको क्षेत्रीय कार्यसमिति सचिव एवं जिल्ला सदस्य राकेशकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार २०६३ को मधेस आन्दोलनको उद्गमस्थल लहान भएको र त्यही भावनाअनुरुप राष्ट्रिय अध्यक्षको उम्मेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता, कार्यकर्ताको माग आएपछि उहाँको नाम सिफारिस गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend