काठमाण्डौ १० भदौ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले आगामी चुनावमा एमाले एक्लै भिड्ने बताएका छन । आज खबर बे्रकिंग संग कुरा गदै उनले यस्तो बताएका हुन ।
उनले एमाले कमजोर पार्टी नभएकोले एक्लै चुनावमा भिडन तयार भएको बताए । सत्तागठबन्धन चुनावमा मिलेर गए पनि आगामी निर्वाचनमा एमालेको नै बहुमत आउने उनले दाबी गरे । उनले भने, ”एमाले कमजोर छैन, बरु काँगे्रस, माओवादी, एकिकृत समाजवादी, जसपा कमजोर छन, त्यसैले चुनाव हार्ने डरले गठबन्धन बचाइरहेका छन ।”
गठबन्धनको राजनीतिले मुलुकमा अस्थिरता निम्तिने खतरा भएको भन्दै सबै सजक हुनु पर्ने उनले बताए । गठबन्धनको सरकारले देशमा केही गर्न नसकेको र यो सरकार नालायक भएको उनले बताए । उनले आगामी चुनावमा गठबन्धनलाई पत्तासाप गर्न एमालेले गम्भिर तयारी गर्न थालेको उनले बताए । आगामी चुनावमा एमालेले हाम्रा भन्दा राम्रा उम्मेदवार उठाउने उनले बताए । आगामी चुनावमा जनताले एमालेलाई बहुमत दिन्छन र त्यो बहुमतको सरकारले देशमा बिकासर समृद्धि गर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend